५ कार्तिक २०७६ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द विप्लव समूह सर्लाहरी इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको निश्कर्षमा पुगको छ र घटनामा संलग्नलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।
प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि ९ राउण्ड गोली हानेको आयोगले बताउको छ । कुमार पौडेललाई गोली हान्ने आदेश दिने उच्च प्रहरी अधिकारीलाई छानविन गरी कारबाही गर्न आयोगले सुझाव दिएको छ।
प्रहरीको दाबी जस्तो दोहोरो भीडन्त वा आत्म रक्षाको स्थिति पुष्टि नभएको र घटनाको प्रकृति तथा संकलित प्रमाणलाइएनियन्त्रणमा लिएर मारेको देखिएको आयोगले बताएको छ ।
राष्ट्रिय मानवआयोगको पदाधिकारीको सोमबारको बैठकले आफ्नो छानविन प्रतिवेदन आधारमा प्रत्यक्ष संलग्न रहेका प्रहरी निरीक्षक कृष्णप्रसाद साह, प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सकारलाई सिफारिस गरेको छ ।
त्यसैगरी आयोगले मृतक कुमार पोडेलको परिवालाई क्षतिपूर्तिबाफत तीन लाख रुपैयाँ उपलब्ध गरान निर्देशन दिएको छ । यो समचार राजधानी दैनिक पत्रिकामा छापिएको छ ।
प्रतिक्रिया