११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गायक तथा माेडल दुर्गेश थापा पक्राउ


५ कार्तिक २०७६, मंगलबार  

0
Shares

५ कार्तिक २०७६काठमाडौं । गायक तथा मोडलदुर्गेश थापालाई प्रशरीलेपक्राउ गरको छ । महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट पक्राउ गरेको हो । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको विवादित गीतका विषयमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिन खोजेकाले नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए।

थापाको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई प्रोत्साहन गर्ने शब्द समावेश गरेकाले प्रहरीमा उजुरी परेको थियो ।

यो गीतमा प्रयोग भएका शब्दले विकृति निम्त्याउने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । उनले गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ जस्ता वाक्यहरू प्रयोग गरेका छन् ।

उजुरी परेपछि कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक थापालाई सम्पर्कमा ल्याउन निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपछि महाशाखाले नियन्त्रणमा लिएको एसएसपी थापाको भनाई छ ।

यसअघि उनी सम्कर्प बाहिर रहेको जनाइएको थियो । यसअघि दुर्गेशले ल्याएको ‘बिच्च बिच्चमा’ बोलको गीतले बजारमा तहल्का मच्चाएको थियो । त्यसैगरी दुर्गेशले युट्यूबमा नका।ात्मक कमेन्ट धेरै आएपछि कमेन्ट बक्स नै खाली गरिदिएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  २ : १९ बजे