१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेकपा ललितपुरले जावलाखेलमा चिया खुवाउने


६ कार्तिक २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
६ कार्तिक ०७६, ललितपुर । दिपावली, छठ र नेपाल सम्बत्लगायत पर्वहरुको अवसर पारेर नेकपा ललितपुरले चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । यहि कार्तिक ८ गते दिउँसो १ बजे ललितपुरको जावलाखेलमा चियापान कार्यक्रम हुनेछ । चियापान कार्यक्रमका लागि केन्द्रिय कार्यालयबाट बामदेव गौत्तम सहभागी हुने नेकपा ललितपुरले जानकारी ललितपुर खबरलाई दियो ।
नेकपाका अनुसार चियापान कार्यक्रमका लागि निमन्त्रण दिने क्रम शुरु भएको छ । शहरको मुख्य भागमा आयोजित कार्यक्रममा उल्येख्य कार्यकर्ताको जमघट हुने नेकपाको भनाई छ ।
साथै ललितपुर क्षेत्र नं. १ ले पनि गोदावरीको किटिनी कलेजमा कार्तिक ९ गते काग तिहारको दिन चिया खुवाउने कार्यक्रम राखेको छ । आयोजकको रुपमा नेकपा ललितपुरका सासदत्रेय नवराज सिलवाल, लालकुमारी पुन र चेतनाथ सञ्जेलको नाम राखेर निमन्त्रणा पत्र बाडिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ९ : ३८ बजे