७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जनयुद्वकालमा ब्यारेकमा शाही नेपाली सैनिकले ‘कुकुरबाट बलात्कार गराइयो’


६ कार्तिक २०७६, बुधबार  

0
Shares

६ कार्तिक २०७६, दाङ । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित चौतारी’ ले आयोजना गरेको छलफलमा आफ्नो पीडा सुनाउँदै थिइन जनयुद्वन्द्वकालमा यौन हिंसामा परेकी एक युवती ।

बर्दियामा जिल्लामा जन्मे हुर्केकी त्यी युवती १८ वर्षको उमेरमा २०५७ सालमा तत्कालीन माओवादीमा लागेका थिइन् । घरमा माओवादीलाई भात खुवाएको निहुँमा सेनाले उनको बाबुलाई पक्राउ गरेको थियो । रातिराति गर्न आएर हैरान पारेपछि पक्राउ पर्ने डरले उनी पनि माओवादीमा प्रवेश गरिन ।

‘नाचगान गर्दै जनताको शासन ल्याउनुपर्छ’ भन्ने चतनामलकसन्देश दिने गीत गाउँदै उनी साँस्कृतिक टोलीका साथ गाउँगाउँमा हिँडिन् । त्यही क्रममा २०५८ सालको मंसिरमा एक रात सुतेकै ठाउँबाट पक्राउ परिन्। ‘अरु साथी भाग्न भ्याए, हामी चार दिदीबहिनी फुत्किनै पाएनौं’ उनले सुनाइन् । शाही नेपाली सैनिकहरुले लछार्दै हामीलाई घरबाट निकाले । नाच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बाँधे र पाता फर्काए ।’

त्यसपछि उनले आङ नै जिरिङ्ग हुने घटना सुनाइन् । ‘ती सैनिक हामीलाई लछारपछार पार्दै पार्दै घर भन्दा पर जंगलको छेउमा निर्वस्त्र बनाए, अरु बहिनीहरु म भन्दा साना थिए’ उनले कारुणिक बयान गरिन’, नाङगै बनाएर ममाथि दुई वटा कुकुर छाडिदिए । अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए ।’

कल्पना समेत नगरेको यातना आइलाग्दा आफू मरेतुल्य हुनुपरेको उनले सुनाइन । ‘अचेल म बाटामा कुकुर देख्दा बहुला जस्तो हुन्छु । डरले काँप्छु ।’ उनले सैनिकहरुबाट आफूमाथि अरु धेरै पाशुविक व्यवहार भएको सुनाइन। ‘त्यसको वर्णन जति गरे पनि सकिँदैन’ उनले भनिन्’, ती सैनिकले हामीलाई चिसापानी ब्यारेकमा लगे । दुई दिनसम्म पानी पनि दिएनन् । कुटपिट र बलात्कारका कारण कपडामै दिसा चुहिएको थियो । हिरासतमा उनीहरूले आफ्नै हातले दिसा सोहोर्न लगाए , पछि धुनै नदिइ त्यही हातले भात खान लगाए ।’

ब्यारेकमा रजस्वला भएपछि आफ्नो झोलामा भएको टालो माग्दा बन्दुकको नाल पुछ्दा तेलैतेल लागेको कालो र मैलो कपडाले गुप्तांग छोप्न लगाएको पनि उनले सुनाइन् । ‘केही दिनपछि उनीहरुले ममाथि नराम्रो व्यवहार गरे’ उनले भनिन्’, ‘आज म बाँचेर पनि जिउँदो लास जस्तै भएकी छु । मान्छे भएर पाउनुपर्ने मेरा सारा सम्मान हरण भएको उक्त कार्यक्रममा आँखा भरी झार्दै जनयुद्धकालिनमा नेपाली सेनाले कष्टकर यातना सार्वजनिक गरिन । यो समचार आजको कान्तिपुर दैनिक पत्रिकामा छापिएको ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।