८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


राशिफल ( २०७६ कार्तिक ७ गते )


७ कार्तिक २०७६, बिहिबार  

0
Shares

कार्तिक ७, २०७६ -बिहिवार, 24 oct, 2019,Thursday
एकादशी – रमा एकादशी व्रत/ संयुक्त राष्ट्रसंघ दिवस/ विश्व विकास सूचना दिवस

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक ७। बिहीबार। इ.स. २०१९ अक्टोबर २४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। एकादशी, १८:५५ उप्रान्त द्वादशी। नक्षत्र– मघा, १०:५१ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– शुक्ल, १२:१२ बजेउप्रान्त ब्रह्म। करण– वव, ८:०५ बजेदेखि वालव, १८:५५ बजेपछि कौलव, २९:४३ बजेउप्रान्त तैतिल। आनन्दादिमा मुसल योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ६:०९ बजे, सूर्यास्त– १७:२५ बजे र दिनमान २८ घडी ९ पला। रमा एकादशी व्रत। गोवत्स द्वादशी। संयुक्त राष्ट्रसंघ दिवस।

मेष – स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ ।
वृष – काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
मिथुन – व्यापारबाट राम्रै आम्दानी हुनसक्छ ।ै नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला ।
कर्कट – खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला ।
सिंह – काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला ।
कन्या – आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।
तुला – घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।
वृश्चिक – सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ ।
धनु – आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेकोे काम समयमै सम्पन्न नहोला ।
मकर – पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।
कुम्भ – पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।
मीन – मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिेनेछन ।

 

विस्तृत जानकारीका लागि :-
ज्योतिष विज्ञान अनुस्थान केन्द्र, काठमाडौं नेपाल
सम्पर्क मोबाइल नं ९८४०४१५०७३

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहिबार  ५ : १८ बजे