११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


कस्तो रहने छ, आजको तपाईको दिन?



काठमाडौं । चैत ६ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने योग रहेको छ भने  चिताएको कामले तीव्रता लिनेछ, परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज कुनै कुराले मनमा शान्ति छाउने योग रहेको छ भने बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने तथा शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहने योग रहेको छ भने सामाजिक पदप्रतिष्ठा प्राप्त हुने तथा परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ने योग रहेको छ भने हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ र अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग रहेको छ भने नोकरी गर्नेले मानसम्मान पाउने तथा लाभदायक भेटघाटलाई नकार्न सकिदैन ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइनुका साथै मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग रहेको छ भने नयाँ कार्य योजना पनि बन्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मनमा दोधारको अवस्था सिर्जना हुने योग रहेको छ भने दाम्पत्य जीवनमा एक किसिमको निरासा आउनुका साथै विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने योग रहेको छ भने बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज रोकिएका कमहरूले चिन्ता बढाउनुका साथै पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित नहुने तथा न्यायिक कार्य पनि कमजोर नै रहनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज लामो समयदेखि रोकिएका अधुरा कामहरूको पुन योजना बन्ने योग रहेको छ भने रमाइलो र खानपिनको सम्भावना रहेको छ भने त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आफूलाई कमजोर भएको अनुभूति हुने योग रहेको छ भने सामान हराउन सक्ने तथा आफन्तसँग मनमुटाव बढ्नुका साथै खानपिनमा सावधानी अपनाउनु पर्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने योग रहेको छ भने सभा समारोहमा सरिक हुनुका साथै कठिन ठानिएको काम सम्पादन हुनसक्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ८ : २० बजे