१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ मंसिर १३, शनिबार)


१३ मंसिर २०७७, शनिबार  

0
Shares


आज २०७७ मंसिर १३ गते शनिबार । तदनुसार नोवेम्वर महिनाको २० तारिक २०२० । त्रयोदशी कार्तिक शुक्लपक्ष, विष्णु बैकुण्ठ चर्तुदशी । ज्योतिष पण्डित तुलसी भारद्धाजद्वारा लिखिखत आजको राशीफल यस प्रकार छ ।
मेष– टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् ।
वृष– सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ ।
मिथुन– पतिपत्नीमा अविश्वास बढ्ने योग छ । व्यावसायिक यात्रा सम्भावना छ ।
कर्कट– परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ ।
सिंह– गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ ।
कन्या– मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ ।
तुला– बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

वृश्चिक– बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला ।
धनु– महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला ।
मकर– दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ।
कुम्भ– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ ।
मीन– स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ०६ बजे