१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउरोडमा फेरि कार दुर्घटना


९ कार्तिक २०७६, शनिबार  

0
Shares

शुक्रबार साँझ दुर्घटनाग्रस्त बा १३ च ३६१३ नम्बरको कार । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
९ कार्तिक ०७६, सुनाकोठी । चापागाँउरोडमा फेरि अर्को कार दुर्घटनाको खबर छ । सुनाकोठी बाङ्गे धारा नजिकै कार पल्टेको साता नबित्दै शुक्रबार साँझ फेरि अर्को कार पल्टेको हो ।
साझ ८ बजेतिर खुमल्टारको एवान स्टोरका सञ्चालक कमलराज बरालको बा १३ च ३६१३ नम्बरको कार ढोलाहिटी उकालोमा ठोक्किएर दुर्घटनाग्रस्त भएको महानगरिय प्रहरी बृत्त चापागाँउका प्रसनी पुरुषेत्तम थापाले बताए । उनले भने, ‘भित्तोमा ठोक्किएको अवस्थामा कार फेला परेको छ । कार भित्र मदिरा सेवनपछि अर्धचेत अवस्थामा बराल फेला परेका छन् ।’

गतसाता सुनाकोठीमा पल्टेको बा २० च ७७५४ नम्बरको कार ।

सातसाता सुनाकोठी बाङ्गेधारा नजिकै  पल्टेको बा २० च ७७५४ नम्बरको सडकबाट पल्टको थियो । कार पल्टनासाथ कार चालक फरार थिए । दुर्घटनाग्रस्त कार फेला पारेको प्रहरीले चापागाँउ लगेपछि भोलि पल्ट राज कुमार राई कार लिन प्रहरी चौकी आएका थिए । कार लचाउने क्रममा दुई वटा बाटो देखेको बताउदै राईले आफूले आफूले मदिरा भने सेवन नगरेको बादी गरेका थिए । तर मदिरा सेवनपछि कार पल्टेको कारण चालक राई फरार रहेको प्रहरीको आशंका रहेको छ ।
दशैंको फुलपातीका दिन यही ठाँउमा मोटर साइकललाई कारले ठक्कर दिदा एक जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ९ : ३६ बजे