१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कार्तिके नाचका रोचक दृश्य


१६ कार्तिक २०७६, शनिबार  

0
Shares

कार्तिके नाचमा सुदामा कृष्णको नाटक मञ्चन हुँदै । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
१६ कार्तिक ०७६, पाटन । ऐतिहासिक र धार्मिक महत्व बोकेको कार्तिके नाच ललितपुर पाटनस्थित पाटन दरवार परिसरमा शुक्रबार साँझबाट शुरु भएको छ । नाचको पहिलो दिन बिहीबार साँझ बाथ प्याँख नाचअन्तर्गतको सेव लायगु देखाइँदैछ । शुक्रबार साँझ कृष्णलिला अन्र्तगत सुदामा भगवान श्रीकृष्णको घरमा गएको कथाका दृश्यहरु द्येखाइएको थियो ।

सुदामाको नृत्य ।

ल्गातार १२ दिनसम्म प्रत्येक दिन साँझ पाटन दरवारस्थित कात्तिक डबलीमा नाच देखाइने गरिएको छ । यो चानमा एक सय जना कलाकारहरुको सहभागिता रहेनेछ । कार्तिके नाचमा नेवार समुदायका युवाहरुको सहभागिता हुन्छ भने संवाद नेवारी भाषामा हुने गरेको छ । कार्तिके नाचमा नृत्य नाटक सँगै बाजा बजाउने,गित गाउनेदेखि बत्तीमा बर्तन राख्नेसम्मको सहभागिता रहन्छ ।

नृत्यका क्रममा बालिएको दिया

वि.सं १६९७ मा राजा सिद्धिनरसिंह मल्लले यो नाच शुरु गरेका थिए । त्यसबेलादेखि लगातार पाटनमा कार्तिके नाच देखाउने गरिएको छ यद्यपी २००७ सालमा भने यो नाच भएन । १२ दिनसम्म चल्ने गरेको यो नाच केही बर्षअघि १० दिन मात्रै चलाइएको थियो । पछिल्ला पर्षहरुका फेरि १२ दिनै यो नाच देखाउने पचल चलाइएको छ ।


हिन्दु धर्मालम्बीहरुका पुज्ने श्रीकृष्णका भक्त मल्लराजा सिद्धिनरसिह मल्लले पाटनमा कृष्णमन्दिर निर्माण गरेपछि यो नाच दोखउन शुरु गरेका थिए ।
तत्कालीन समयमा किसानको बाहुल्य रहेको पाटनमा बर्षे खेती थन्क्याएर फुर्सदिला पाटनबासी कार्तिके नाच हेरेर मनोरञ्जन लिन्थे ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १० : ०२ बजे