१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नल्लु खोला आइपुग्यो तराईको छठ


१६ कार्तिक २०७६, शनिबार  

0
Shares

नल्लु खोलाको फेदी नख्खुमा शनिबार अस्ताउदो सूर्यलाई पूजा गरेर छठ मनाउदै राजधानीबासी । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
१६ कार्तिक ०७६, ललितपुर । तराईमा धुमधामसँग मनाइने छठ राजधानी पसेको धेरै बर्ष भएको छैन । रानीपोखरी, कमलपोखरी वागमती नदि हुँदै छठ अहिले नल्लु खोलाको फेदी नख्खुसम्म आइपुगेको छ । पवित्र धार्मिक तथा सस्कृती उत्थान सेवा समिती महासचिव नारायण पौडेलले नल्लु खोलामा छठ आएको सात बर्ष भइसकेको भए पनि अघिल्ला बर्षहरुमा थोरै सहभागीहरुले छठ मनाउने गरेको बताए ।


२०७० सालमा नख्खु खोलामा ८ परिवारले छठ मनाएका थिए । त्यसपछिका बर्षहरुमा सहभागीको संख्या बढ्दो छ । पौडेलका अनुसार छठ मनाउने पहाडी मुलका राजधानीबासी बेसी हुँदै गएको जानकारी दिए । उनले भने, ‘आधाजसो मधेशी समुदाय छन् । पच्चिस प्रतिशत पहाडी मुलका तराईबासी र पच्चिस प्रतिशत राजधानीबासी छठ मनाउन नदिकिनारमा आइरहेका छन् ।’
राजधानीबाट तराई घर फर्कन नपाएका मधेसी समुदायले शुरु गरेको छठ संस्कृती विस्तार हुने क्रममा छ । यो बर्ष यहाँ २ सयभन्दा धेरै परिवारले छठ मनाइरहेका छन् । नल्लु नदि किनारमा २५ वटा स्टल बनाइएको छ । यो स्टलमा ८ भन्दा धेरै परिवार रातभर जाग्राम बसिरहेका छन् ।


संस्थाले छठ पूजामा सहभागीहरुलाई आइतबार खाना खुवाएर मात्रै विदा गर्ने कार्यक्रम रहेको पौडेलले बताए ।
राजधानीका अन्य नदिको तुलनामा नल्लु खोलाको पानी सफा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १० : १० बजे