१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रुखबाट लडेर एक जनाको मृत्यु


१७ कार्तिक २०७६, आइतबार  

0
Shares

 

१७ कार्तिक ०७६, जाजरकोट ।  नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ । शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सदरमुकाम ल्याइएको थियो । गएराति नै उनको उपचार हुन नपाउँदै मृत्यु भएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १० : १० बजे