८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा लामा पक्राउ


१७ कार्तिक २०७६, आइतबार  

0
Shares

१७ कार्तिक ०७६, भक्तपुर । एघार वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी घर भई हाल सूर्यविनायक नगरपालिका–६ बस्ने ३२ वर्षीय बुद्ध लामा रहेका छन् ।

प्रहरी वृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ परेका लामालाई आजै म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । लामाले बालिकालाई आफ्नो कोठामा चकलेट दिने बाहनामा बोलाएर दुव्र्यवहार गरेका थिए । उनलाई स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगिएको जोशीले बताउनुभयो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १० : ५५ बजे