८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ कार्तिक १८ गते )


१८ कार्तिक २०७६, सोमबार  

0
Shares

कार्तिक १८, २०७६ – 04 Nov, 2019, सोमवार
अष्टमी – गोपाष्टमी/ अष्टमी व्रत/ गोरखकाली पूजा

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक १८। सोमबार। इ.स. २०१९ नोभेम्बर ४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। अष्टमी, ३०:३० उप्रान्त नवमी। नक्षत्र– श्रवण, २९:५३ बजेउप्रान्त धनिष्ठा। योग– शूल, १०:१५ बजेउप्रान्त गण्ड। करण– भद्रा, १७:४८ बजेदेखि वव, ३०:३० बजेउप्रान्त वालव। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ६:१७ बजे, सूर्यास्त– १७:१६ बजे र दिनमान २७ घडी ८ पला। अष्टमी व्रत। मुख अष्टमी, गोप अष्टमी। गोरखकाली पूजा। सर्वार्थसिद्धि योग १७:४८ देखि २९:५३ बजेसम्म।

मेष – अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ। अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ। एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान्।
वृष – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नेकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ।
मिथुन – आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ।
कर्कट – सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ।
सिंह – आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। दाजुभाइ,सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ।
कन्या – विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ। पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला।
तुला – काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
वृश्चिक – शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ।आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्।
धनु – घरखर्च बढ्नेछ, आयआर्जनमा कमी आउने सम्भावना छ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। ।
मकर – अरूको भरपर्दा काम बिग्रन सक्छ। सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
कुम्भ – आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। व्यापार—व्यवसायमा लगानी बढाउन सकिनेछ ।
मीन – रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : ३० बजे