३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नवनियुक्त सात प्रदेशका प्रमुखले शपथ लिए


१९ कार्तिक २०७६, मंगलबार  

0
Shares

,

१९ कार्तिक ०७६, काठमाडौं । नवनियुक्त सात प्रदेशका प्रमुखहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले सात प्रदेशका प्रमुखहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लिसेनालगायत उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसार्इ (प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी (कर्णाली प्रदेश) र शर्मिलाकुमारी पन्त (सुदूरपश्चिम प्रदेश) लाई शपथ गराउनुभएको हो ।

सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २१ महिना अघि नियुक्त गरेका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेको थियो

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।