१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाउँ सडक मर्मत गर्ने निर्णय


१९ कार्तिक २०७६, मंगलबार  

0
Shares

 

१९ कार्तिक ०७६ ललितपुर । काठमाडाैं सिंहदबारमा  भौतिक योजना तथा निर्माण मन्त्रालयमा  आज भएको छलफल पछि ढोलाहीटी देखी चापागाउँ सम्म सडक मर्मत गर्ने निर्णय भएको छ ।

त्यसैगरी उक्त छलफल कार्यक्रममा प्रदेश सासद चेत्नाथ सन्जेल, लाल कुमारी पुन,नवराज सिलवाल, पम्फा भुसाल र रामकाजी महर्जनको उपस्थितीमा भौतिक योजना तथा निर्माण मन्त्री रघुबिर महसेटले चापा गाउँ सडक मर्मतको फाइल सदर गर्नु भयो ।

ललितपुरको ढोलाहिटीदेखि सुनाकोठी, ठेचो, चापागाँउ प्याङ्गगाँउबाट टाहाखेलसम्म उपलव्ध सडक मात्रै कालोपत्रे गर्ने निर्णय भएको प्रदेश सासंद चेतनाथ सञ्जेलले ललितपुर खबरलाई जानकारी दिए । उनले भने, लामो छलफल र बहस पछि तत्कालको अवस्थामा सडक मर्मत नहुँदा स्थानीयबासीलाई धुलो धुवा र हिलोको समस्याबाट छुट्कारा दिन यो निर्णय भएको हो । सञ्जेलको अनुसार यथास्थितीमा कालोपत्रे गर्ने निर्णय भएको भए पनि सडक विस्तारको निर्णयबाट पछि हटेको भने होइन । सडक कालोपत्रे भएसँगै विस्तारको काम पनि अघि बढ्ने उनले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ४ : ४० बजे