११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


राष्ट्रिय महिला भलिबल टोलीको घोषणा


१९ कार्तिक २०७६, मंगलबार  

0
Shares

फाइल तस्वीर

१९ कार्तिक ०७६ काठमाडौं । नेपाल भलिबल सङ्घले बङ्गलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनशिपका लागि राष्ट्रिय महिला भलिबल टोलीको घोषणा गरेको छ ।

कात्तिक २१ देखि २९ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय टोलीको घोषणा गरिएको हो । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट नेपालले सेन्ट्रल जोनका लागि १२ खेलाडी छनोट गरेको हो । थाइल्यान्ड भ्रमणको दौरान गरेको प्रदर्शनका आधारमा टोलीको छनोट गरिएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

छनोट गरिएका अन्य खेलाडीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तानको सहभागिता रहने छ । सङ्घले नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद ९साग० र एभिसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली टोलीलाई थाइल्यान्डमा १९ दिन प्रशिक्षणका लागि पठाएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ९ : ११ बजे