११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा मेयर कप टेवुल टेनिस आयोजना हुने


१९ कार्तिक २०७६, मंगलबार  

0
Shares

पत्रकार सम्मेलनमा सहभागी वडाध्यक्ष निर्मलरत्न शाक्यलगायत ।

लपु संवाददाता
१९ कार्तिक ०७६, ललितपुर । ललितपुरको पाटनमा मयेर कप टेवुल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । शनिबारबाट पाटनको नागबहालमा शुरु हुने मेयर कप ३० गतेसम्म विभिन्न प्रतिश्पर्धा हुने पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा मंगलबार जानकारी दिइयो ।
कार्यक्रम ललितपुर महानगरपालिका वडा नं. १६ कार्यक्रमका लागि २ लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष निर्मलरत्न शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने, ‘कार्यक्रम मेयर कप भए पनि बजेट उल्येखनीय नरहेको दुखेसो पोखे । ललितपुर जिल्ला टेवुल टेनिस संघ र इतिल्हन युथ क्लवले संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरेका हुन् ।
यो प्रतियोगितामा १२ स्पर्धामा प्रतिश्पधा हुनेछ । ४ सय खेलाडी प्रतियोगितामा खेल्नेछन् ।
प्रतिश्पर्धामा भाग लिने एकल तर्फका प्रतियोगीले प्रथम भए १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार मात्रै पाउनेछन् ।
गर्ल्स जुनियर (यू १६),भेट्रान पुरुष एकल (५० वर्ष माथि), बोइज जुनियर (यू १६),मिक्स डबल्स, महिला एकल, पुरुष डबल्स,पुरुष टिम, पुरुष एकल, भेट्रान पुरुष एकल (४० वर्ष माथि), भेट्रान पुरुष एकल (६० वर्ष माथि) र महिला भेट्रान एकल (४० वर्ष माथि) समावेश गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ९ : ०७ बजे