१२ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल दुर्घटना हुदा एककाे मृत्यु एक जना घाइते


२० कार्तिक २०७६, बुधबार  

0
Shares

२० कार्तिक ०७६, चितवन ।  चितवनमा मंगलबार राति भएको दुर्घटनामा एकको मृत्यु भएको छ र एक गम्भीर घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नंको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार त्यहि ठाउँ बस्ने २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन् । घाइते बस्नेतको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसैगरी मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।