१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नख्खु खोलामा हड्डी पोल्नेलाई कारवाही


२० कार्तिक २०७६, बुधबार  

0
Shares

ललितपुरको नख्खु खोला । तस्विर ः ललितपुर खबर

२० कार्तिक ०७६, ललितपुर । ललितपुर महानगरपालिकाले जनावरका छाला हड्डी पोलेर वातावरण प्रदूषित गराउनेलाई कारवाही गर्ने जानकारी दिएको छ । केही दिनअघि ललितपुर महानगरपालिका–१४ को नख्खुखोला नजिक असुरक्षित रुपमा जनावरका छाला र हड्डी जलाउँदै गरेको अवस्थामा पक्राउ परेका तीन जनालाई नगर प्रहरी ऐन अनुसार कारवाही गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले बताउनुभयो ।
ऐन अनुसार जरिवाना तिराएर त्यहाँ रहेको जनावरको छाला र हड्डीलाई सुरक्षित रुपमा नष्ट गरिने छ, ‘त्यस ठाउँमा वातावरण प्रदूषण गराउने कार्यमा समेत रोक लगाइने छ, भट्टराईले भन्नुभयो ।’ उहाँले यसअघि तरकारीलगायत अन्य फोहरको विषयमा यसरी गुनासो आएको र जरिवाना तिराएको भए पनि जनावरको हड्डीको विषयमा भने पहिलो पटक घटना भएको बताउनुभयो ।
वातावरण प्रदूषण गरेको भन्दै स्थानीयवासीले दिएको उजूरीको आधारमा ललितपुर प्रहरीले भारतीय नागरिक फैसल मुस्लिम, साजिद मुस्लिम र नेपाली रामेश शेर्पालाई पक्राउ गरेको छ ।
कानून अनुसार प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाउन नमिल्ने देखेपछि उनीहरुलाई मङ्गलबार ललितपुर महानगरपालिकामा बुझाइएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

वातावरण प्रदूषण गराएको भन्दै एक हप्ताअघि स्थानीयवासी बुद्धमार्ग क्लबले छानबीन गरी कारवाही गर्न भन्दै निवेदन दिएको थियो । सोही उजूरीका आधारमा प्रहरी पुग्दा उनीहरुले झण्डै दुई ट्याक्टर छाला र हड्डी जलाउँदै गरेको अवस्थामा फेला पारी तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुले विभिन्न क्षेत्रबाट हड्डी सङ्कलन गरेर यहाँ जलाउने गरेको पाइएको प्रहरीले जनाएको छ । यसरी जलाउँदा आसपास क्षेत्रमा प्रदूषण फैलिएको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : ४२ बजे