११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा बाजा बजाएर उम्मेदवारी दर्ता


२१ कार्तिक २०७६, बिहिबार  

0
Shares

आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि बिहीबार जिल्ला निर्वाचन कार्यालयमा नेकपाको ¥याली । तस्बिर ः रमेश गिरी

२१ कार्तिक ०७६,भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा विभिन्न दलका उम्मेदवारले बाजा बजाएर उम्मेदवारी दर्ता गर्न पुगेका छन् ।
सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवीप्रसाद (डिपी) ढकालले उम्मेदवारी दर्ताअघि नेकपा सचिवालय सदस्य वामदेव गौतम, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, सांसद महेश बस्नेत, प्रदेशसभासद्त्रय रामेश्वर फुयाँल, शशीजंग थापा र डा राजेन्द्रमान श्रेष्ठ, नेत्री सरस्वती वाटी, नेकपा जिल्ला अध्यक्ष वचन देउजा लगायतको नेतृत्वमा कमलविनायकबाट निस्किएको बाजागाजासहितको समूह मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको थियो ।
त्यसैगरी नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा लगायतको समूह कमलविनायकबाट बाजागाजासहित कार्यालय आइपुगेको थियो । सो दलका तर्फबाट पूर्वक्षेत्रीय सभापति कृष्णलाल भँडेलले उम्मेदवारी दर्ता गराउनुभयो ।

आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि बिहीबार जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउँदै राप्रपाका उम्मेदवार । तस्बिर ः रमेश गिरी

साथै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, प्रदेश सदस्य सुरेन्द्रराज गोसाइँ लगायतको टोली कमलविनायकबाट बाजागाजासहित उक्त कार्यालयमा आएको थियो । सो दलका तर्फबाट निरज लवजुले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
विहीबार ११ दल र १० स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अन्य दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट रामशरण लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टीबाट सुदर्शनकुमार मुनकर्मी, नेकपा मालेबाट सुदर्शन लामिछाने, नेपाली काङ्ग्रेस (बिपी) बाट मधुसुदन न्यौपाने, आमूल परिवर्तन मसिहा पार्टीबाट डिल्लीप्रसाद चौलागाईं, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामाले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
त्यसैगरी स्वतन्त्रबाट कृष्णप्रसाद ह्यामो, कृष्णराम पोतामाहा, जीवन नेपाली, अर्जुन कोजु, राकेश सुवाल, उत्तम शाखकर्मी, सुमना कार्की, जीवनचन्द्र अधिकारी, सुजाता देउजा, सङ्गीता पौडेल आचार्यले पनि उम्मेदवारी दर्ता गराउनुभयो ।
विसं २०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वा्चित हरिशरण लामिछानेको मष्तिस्काघातका कारण निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुने भएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  ९ : ०० बजे