१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डाक्टर गोविन्द केसी अनसनस्थलबाट अस्पताल भर्ना


२२ कार्तिक २०७६, शुक्रबार  

0
Shares

डाक्टर केसीलाई अनसनस्थलबाट अस्पताल लगिदै ।

२२ कार्तिक ०७६, डडेलधुरा । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ ।
सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन शुरु गर्नुभएका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो । डा केसीको रक्तचाप तलमाथि भइरहेकाले उहाँको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिनुभयो । प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा केसीलाई अस्पताल भर्ना गरिएको डा कँडेलले बताउनुभयो ।
चिसोका कारण डा केसीको स्वास्थ्यमा समस्या देखिएको उहाँका भाइ किशोरले बताउनुभयो । डा केसीले अस्पतालबाटै अनशन जारी राख्ने उहाँले बताउनुभयो । सात बुँदे माग राखी डा केसीले कात्तिक १८ देखि अनशन थाल्नुभएको हो ।
–––

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १० : ३४ बजे