१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ढोलाहिटी चापागाँउ सडक कालोपत्र शुरु


२३ कार्तिक २०७६, शनिबार  

0
Shares

सडक मर्मत शुरु गर्दै ठेकेदारका कामदार ।

लपु संवाददाता
२३ कार्तिक ०७६, चापागाँउ । ढोलाहिटी चापागाँउ सडकको कालोपत्रको काम शुरु भएको छ । शनिबार विहान १० बजे सडक कालोपत्रेका लागि ग्राइभेल राख्नेलगायत काम गर्नका लागि ठेकेदारले सडक बन्द गरेको ललितपुर १का प्रदेश सासंद चेतनाथ सञ्जेलले बताउनु भयो ।चापागाँउ लगनखेल रुटका चालक सन्तोष नगरकोटीले विहान १० बजे टाहाखेलबाट बोकेर लगेको यात्रु चापागाँउबाट सडक बन्द भएपछि ओरालेर घर फेर्कको जानकारी दिनु भयो । गतमंगलबार भौतिक योजना तथा निर्माणमन्त्री रघुविर महासेठले फाइल सदर गरेर पक्रिया अघि बढाएपछि यथास्थितीमा यो सडक मर्मसँगै कालोपत्रे हुने निश्चित भएको थियो ।
शुक्रबार नै गोदावरी नगरपालिकाले सडक मर्मतका लागि भन्दै विहान १० बजेबाट ४ बजेसम्मका लागि सडक बन्द गरिएको सूचना जारी गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ११ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।