४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गोङगबु  नयाँ बसपार्कको फोहर व्यवस्थापन गरिने


२३ कार्तिक २०७६, शनिबार  

0
Shares

२३ कार्तिक ०७६ काठमाडौं । काठमाडौंको गोङगबु  नयाँ बसपार्कमा रहेको मित्रनगर विकास तथा सुधार समितिले त्यहाँको फोहर व्यवस्थापनका लागि सवारी साधन खरीद तथा बिरामीको तत्काल उपचारका लागि एम्बुलेन्स खरीद गरी समाज सुधारका कार्य गर्ने भएको छ ।

समितिको आज सम्पन्न ११औँ साधारणसभाबाट निर्वाचित अध्यक्ष विष्णु पोखरेलले सो जानकारी दिएका छन् । उक्त सभाले पोखरेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष दीपक सिङ्खडा, प्रथम उपाध्यक्ष गङ्गा पन्त, उपाध्यक्ष रुद्र दाहाल, महासचिव अर्जुनकुमार श्रेष्ठ, सचिव चन्द्रा बराल, कोषाध्यक्ष ज्ञानेश्वर गुरुङ र सह–कोषाध्यक्षमा राम खतिवडा चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यमा शिवशरण डङ्गोल, तारा नेपाल, देवी कार्की, राजन महर्जन, जयलक्ष्मी कार्की, हेमबहादुर श्रेष्ठ, प्रेमकुमारी कार्की र हरिकृष्ण महर्जन भएका छन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्क क्षेत्रलाई सुन्दर क्षेत्रका रुपमा निर्माण गर्न मित्रनगर विकास तथा टोल सुधारसमितिले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए ।

“महानगरपालिकाको राजश्व आम्दानीमा मित्रनगर क्षेत्रको योगदान महत्वपूर्ण छ”,उहाँले बताए । विसं २०५७ मा स्थापना भएको समितिले मित्रनगर क्षेत्रमा वृक्षरोपण, खेलकूद, जनचेतनामुलक, महोत्सव, बालबालिका तथा वृद्धवृद्धालाई सहयोगलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

समितिले आगामी दिनमा मित्रनगर क्षेत्रको फोहर व्यवस्थापनका लागि सवारी साधन खरीद, बिरामी बोक्नका लागि एम्बुलेन्स खरिदलगायतका कार्यक्रम गरिने नवनिर्वाचित अध्यक्ष पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ५ : ४२ बजे