१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विप्लब समुहका ब्युरो इञ्चार्जसहित २० जना नेकपामा प्रवेश


२४ कार्तिक २०७६, आइतबार  

0
Shares

 

२४ कार्तिक ०७६, हेटौँडा । ‘विप्लब’ नेतृत्व समुहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् ।

नारायणी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोनसहित विभिन्न गाउँ कमिटीका २० जना पदाधिकारी नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका सचिव तथा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज विरोध खतिवडाले पार्टी प्रवेश गर्नेलाई टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।  कार्यक्रममा नेकपा नेता खतिवडाले नेकपाको नेतृत्वमा रहेको वर्तमान सरकारले र सर्वहारा वर्गको हितमा काम गरिरहेको बताए।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ४६ बजे