२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बंगलादेशका राष्ट्रपति हमिद काठमाडौं आइपुगे


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares

२६ कार्तिक काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय सद्भावना भ्रमणमा अज काठमाडौं आइपुग्नु भएको छ।

दिउसो १ बजेर १५ मिनेट जाँदा हमिद नेपाल आइपुग्नु भएको हो । उहाँको स्वागतका लागि राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ‌ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना त्रिभुवन विमानस्थलमा स्वागत गर्नपुग्नु भएको थियो।

हमिदको ले ५२ सदस्यीय टोलीको नेतृत्वको गर्दै काठमाडौं आउँनु भएको हो । हमिदले बुधबार दिउसो राष्ट्रपति भण्डारीसमक्ष भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी हमिदले भ्रमण सम्पन्न गरी कात्तिक २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  २ : १८ बजे