२६ कार्तिक ०७६,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।
भारतीयले नेपाली भूमि राजनितिक नक्सामा समावेश गरिएपछि आक्रोशित हुँदै आएको नेविसंघले मंगलबार बिहान काठमाडौंको चावहिलमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै विरोध प्रर्दशनलाई निरन्तरता दिएको छ । त्यस विराध कार्यक्रममा उनीहरुले ‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन डरायो’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।
नेविसंघ, काठमाडौं जिल्ला समितिको आह्वानमा आयोजना गरिएको विरोध प्रर्दशनमा राष्ट्रियता जोगाउन अपिल गर्दै सडकमा आउन सबैलाई अपिल गरिएको प्लेकार्ड प्रर्दशन गरिएको थियो ।
नेविसंघले भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी पनि दिँदै आएको छ ।
भारतले आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने नेविसंघका केन्द्रिय सदस्य मनोज बैद्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया