१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


छोराको कुटाइबाट बाबुको मृत्यु


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares

२६ कार्तिक ०७६ महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ ।

मटिहानी नगरपालिका–८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु उनका छोरा वीरेन्द्रको कुटाइबाट भएको आशङ्कामा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले निजलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

गएराति दुवै बाबुछोराबीच घरायसी झगडा हुँदा छोराले कुटपिट गर्दै धक्का दिएर भुइँमा लडाएपछि मृत्यु भएको हो ।

शवपरीक्षणको प्रतिवेदनपछि घटनाका बारेमा स्पष्ट भन्न सकिने बुढाथोकीले जानकारी दिनूभयो ।

शवपरीक्षणका लागि प्रहरीले जिल्ला अस्पताल जलेश्वरमा लगेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ९ : १० बजे