८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


टिपर दुर्घटनामा दुईको मृत्यु


२७ कार्तिक २०७६, बुधबार  

0
Shares

२७ कार्तिक ०७६,पाँचथर ।   गएराति पाँचथरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका साहि टिपर चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो । निर्माणाधीन पुष्पलाल ९मध्यपहाडी० लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा२क २९२० नंको टिपर सडकबाट करीब १०० मिटर तल झरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी दुवै जनाको घटनास्थलमै मृत्यु भएको र शवलाई परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १० : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।