३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बिहीबार नेप्से झिनो अङ्कले बढ्यो


२८ कार्तिक २०७६, बिहिबार  

0
Shares

२८ कार्तिक ०७६ काठमाडौं। बुधबार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने पुनः झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.७९ विन्दुले बढेर एक हजार १३५.९५ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.११ विन्दुले घटेर २५०.०६ विन्दुले घटेको छ ।

नेप्से झिनो अङ्कले बढे पनि कारोवार रकम पनि औसतमा सीमित रहेको छ । कूल १६३ कम्पनीको आठ लाख ३३ हजार ८३१ कित्ता शेयर रु २२ करोड ८३ लाख ५७ हजार ४९३ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने बढेको छ । होटल २।५८, विकास बैंक १.३६, अन्य १.२६ र लघुवित्त ६.७ विन्दुले ओरालो लागेको छ । यस्तै बैंकिङ १.३८, व्यापार २२.४४, जलविद्युत् ०.५६, वित्त ४.०४, निर्जीवन बीमा ८.७६, उत्पादन १.४१, जीवन बीमा १३.५९ र सामूहिक लगानी कोष ०.१५ विन्दुले बढेको छ ।

त्यसैगरी कारोबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड २९ लाख ६८ हजार ३७ बराबरको शेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु एक करोड ३३ लाख ५८ हजार ५१३, हिमालयन डिस्टिलरी रु एक करोड ३१ लाख ८९ हजार ३००, एनआइसी एशिया बैंक रु ८७ लाख ७९ हजार ५९७, कृषि विकास बैंकको रु ७७ लाख ९९ हजार ४५७ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी कारोबारका आधारमा साल्ट ट्रेडिङ लिमिटेडका शेयरधनीले ९.९१ प्रतिशतले कमाउँदा पाँचथर पावर कम्पनी ९.६८, गुडविल फाइनान्स ६.९२, राधी विद्युत् कम्पनी ६.३८, दिव्यश्वरी हाइड्रो पावर ६.१२ र हिमालयन पावर पार्टनरका शेयरधनीले ५.९३ प्रतिशतले कमाए । त्यस्तै ग्लोबल आइएमई समुन्नत स्किम एक ५.६६, आँखु खोला जलविद्युत् कम्पनी ५.२६, रिडी हाइड्रो पावर ५.१२, सुमन्नत लघुवित्त वित्तीय संस्था ४।९१, पञ्चकन्या माई हाइड्रो पावर ४.५४ र नेशनल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३.७७ प्रतिशतले गुमाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ७ : ३६ बजे