३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


व्यावसायी रुप ज्योति थुनामुक्त


२९ कार्तिक २०७६, शुक्रबार  

0
Shares

आइतबार अदालत जाँदै रुप ज्योति । तस्विर ः ललितपुर खबर

२९ कार्तिक ०७६, काठमाडौं । हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी तथा पूर्वमन्त्री रुपज्योति र उहाँको छोरी सुरुची श्रेष्ठ थुनामुक्त हुनुभएको छ ।
काठमाडौँ जिल्ला अदालतमा आज म्याद थपका लागि ल्याउनुपर्नेमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लेनदेनको देवानी मुद्दा भएको हुनाले ठगी मुद्दा नचल्ने निर्णय गरेपछि उहाँहरु थुनामुक्त हुनुभएको हो ।
काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि यही कात्तिक २४ गते उहाँहरुलाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । उहाँहरु आठ दिन हिरासतमा रहनुभएको थियो । व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका र सो कम्पनी श्रेष्ठको श्रीमती र छोरीको नाममा रहेको पाइएको थियो । तर, लेनदेनको मुद्दामा मिलापत्र गर्ने भएपछि आज दुवैजना थुनामुक्त हुनुभएको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ८ : ११ बजे