१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बनेपामा २२ हजार विद्यार्थीले लिए लिए केयर नेपालको सेवा


३० कार्तिक २०७६, शनिबार  

0
Shares

३० कार्तिक ०७६, बनेपा । जिल्लाको सात स्थानीय तहका सामुदायिक विद्यालयका करिब २२ हजार ६ विद्यार्थीले इएर केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कानको उपचार र त्यसबाट हुनसक्ने सम्भावित समस्याबाट मुक्त हुने विषयमा उपचार तथा परामर्श सेवा लिएका छन् ।

सो संस्थाले स्थानीय तहसँगको समन्वयमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा रोखर १८ महिनादेखि सञ्चालन गरिएको अभियानमा ती विद्यार्थीको कानको उपचार गरी सहयोग गरेको संस्थाका अध्यक्ष डा मिलन महर्जनले बताउनुभयो ।

“बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका र तेमाल गाउँपालिका गरी १३० विद्यालयका २२ हजार ६ विद्यार्थीको कान जाँच गरिएकामा दुई हजार ८१ विद्यार्थीमा समस्या देखिएको छ, २९८ जनाको कान शल्यक्रिया नै गर्नुपर्नेमा २०३ जनाको शल्यक्रिया गरेका छौँ”, महर्जनको भनाइ रहेको छ ।

संस्थाका अध्यक्ष महर्जनका अनुसार निःशुल्क उपचार गरिएको बढीजसो गाउँबाट शहरमा विभिन्न पेशा–व्यवसाय गरेर बस्ने निम्नवर्गका परिवारका छोराछोरीहरुमा कानमा समस्या भएको पाइएको डा महर्जनले जानकारी दिनुभयो ।

शल्यक्रिया गर्न बाँकी करिब सय विद्यार्थी सम्पर्कमा आएमा शल्यक्रियामा सहयोग गर्ने संस्थाका उपाध्यक्ष पुरु रिसालले बताउनुभयो । धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले नगरपालिकाले बालमैत्री घोषणा गर्न लागिरहेको समयमा उक्त कार्यक्रमलाई निरन्तरता दिएर सहयोग गर्न अपिल गर्नुभयो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १० : ०५ बजे