१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हात्तीको आक्रमणबाट दुई जनाकाे मृत्यु


३० कार्तिक २०७६, शनिबार  

0
Shares

 

३० कार्तिक ०७६,चितवन।  चितवनकाे माडी ठोरी हुलाकी सडकमा आज बिहान (शनिबार ) हात्तीको आक्रमणमाबाट दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार माडी नगरपालिका वडा नं ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरालोमा बच्चासहितको हात्तीको बथानले आक्रमण गरेको हो ।

त्यसैगरी मृत्यु हुनेमा माडी नगरपालिका वडा नं १ बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल रहेका छन् । दुवै जना लु३१प २९११ नंको मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ जाँदै गर्दा घटना भएको हो । हात्ती देखेपछि मोटरसाइकल रोकेर भाग्ने क्रममा हात्तीले आक्रमण गरेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिनुभयो ।

घटना आज शनिबार बिहान ७ः३० बजेको समयमा भएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ११ : ३८ बजे