७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे


३० कार्तिक २०७६, शनिबार  

0
Shares


३० कार्तिक ०७६, काठमाडौं ।  नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हनुमान ढोका दरबार क्षेत्रमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । कात्तिक महिना लागेपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । असोज महिनासम्म दैनिक ६०० मात्र पर्यटक आउने गरेको यस स्थानमा दैनिक अहिले एक हजार १०० सम्म पर्यटक आउने गरेका छन् ।
कामपा हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको निमित्त कार्यक्रम प्रमुख चिन बज्रचार्यले पछिल्लो समय यस स्थानमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । भ्रमण वर्षको पूर्वसन्ध्यामा यसरी पर्यटक आउनु सुखद् पक्ष रहेको बताउनुभयो ।
हनुमान ढोका अवलोकन गर्न आउने पर्यटकबाट गत वर्ष रु १९ करोड राजश्व सङ्कलन गरिएकोमा यस वर्ष रु २० करोडभन्दा बढी राजश्व असुल हुने अनुमान गरिएको छ । निमित्त प्रमुख बज्रचार्यले अहिलेजस्तै पर्यटक आउने हो भने सरकारको भ्रमण वर्ष सफल मनाउन पनि निकै सहयोग पुग्ने बताउनुभयो ।
प्रवेश गर्न सार्क राष्ट्रका पाहुनाको लागि रु १५० र अन्य देशका पाहुना काम लागि रु एक हजार तोकिएको छ । २०७२ सालको भूकम्पका कारण क्षति भएका सम्पदाको पुनःनिर्माण भइरहेको हुनाले अवलोकनकर्तालाई केही असहज भने भएको छ । यस स्थानको महत्वपूर्ण सम्पदाको रुपमा रहेको काष्ठमाण्डप पुनःनिर्माणको काम धमाधम भइरहेको छ । यसको पुनःनिर्माण अहिलेसम्म ५० प्रतिशत काम भएको छ ।
त्यसैगरी निर्माणको अवस्थामा रहेको आगम छेँ, जगन्नाथ र गोपीनाथ मन्दिर, दश अवतार मन्दिर, माजु देग, त्रिभुवन स्मृति सङ्ग्रहालय लक्ष्मीनारायण मन्दिर दशवतार मन्दिर नौतले वसन्तपुर दरबारको रहेको छ ।
–––

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ४ : ४९ बजे