१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


३० कार्तिक २०७६, शनिबार  

0
Shares

३० कार्तिक ०७६ काठमाडौं । काठमाडौँ महानगरपालिका– ३१ नयाँ बानेश्वरस्थित सडकमा बा९१प १७६६ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका चालक बाजुरा दहकोट घर भएका ३२ वर्षीय गोकुलबहादुर रोकायाको नागरिक अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उदयपुरका १९ वर्षीय प्रदीप मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ६ : २१ बजे