१ मंसिर ०७६,काठमाडौं । भारतीय क्रिकेटर सचिन रमेश तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
युनिसेफको ३० औं बार्सिकोत्सबको अवसरमा नेपाल आएका सचिनले आज आइतबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन् ।
त्यसैगरी सचिनसँगै नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पनि पशुपतिनाथ मन्दिर दर्शन गरेकाथिए ।
युनिसेफको दक्षिण एसियाका सद्भावना दूतका रुपमा रहेका सचिन शुक्रबार राति नेपाल आइपुगेका हुन । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष गाठको अवसरमायुनिसेफ नेपालले तेन्दुलकरलाई नेपाल निमन्त्रना गरेको थियो ।
त्यस्तै सचिनले शनिबार त्रिवि क्रिकेट मैदान पुगेर मैत्रीपूर्ण क्रिकेट म्याच खेलेर बेलुका काभ्रे पुगेका थिए । त्यहाँ पुगीसकेपछि सचिनले स्थानीय बालबालिकासँग ढाका टोपी लगाएका थिए ।
प्रतिक्रिया