१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल दुर्घटनामा एक जानको मृत्यु


२ मंसिर २०७६, सोमबार  

0
Shares

२ मंसिर ०७६ काठमाडौं । काठमाडौँ महानगरपालिका–१३ ताहाचलमा मोटरसाइकल दुर्घटना हुँदा आइतबार एक जनाको मृत्यु भएको छ । ताहाचलस्थित सडकमा बा ८९ प ९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार काठमाडौँ वाफल बस्ने धादिङ खानिखोलाका २२ वर्षीय राजु लामाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल अस्पताल कलङ्कीमा उपचार हुन नसकेपछि ट्रमा सेन्टरमा ल्याइएका पनि उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ६ : ४२ बजे