७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनको ढुंगेधाराका लागि टिकाभैरवको पानी ल्याइने


३ मंसिर २०७६, मंगलबार  

0
Shares

३ मंसिर ०७६, पाटन ।ललितपुर महानगरपालिकाले पानी आउन छाडेका ढुंगेधारामा पानी आउने बनाउन त्यससम्बन्धि योजना अघि बढाएको छ ।
महानगरले ढुंगेधाराको संरक्षणका लागि यस्तो योजना अघि बढाएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ढुंगेधारा संरक्षण अभियान अन्तर्गत यो योजना अघि बढाएको बताउनु भयो । उहाले भन्नुभयो, ‘ सहरको ब्युटीफिकेसन अन्तर्गत मृततुल्य यी ढुंगेधारामा पानी झारेर सहरलाई सुन्दर बनाउन यो काम थालेका हौं ।’ ललितपुर महानगरको वडा नं ६ र १७मा रहेका ढुंगेधारामा पानी ल्याउन उपभोक्ता समिति गठन गरेर छिट्टै काम थालिने प्रमुख महर्जनले बताउनु भएको हो ।
महानगरका सल्लाहकार प्रफुल्लमानसिंह प्रधानले पानी नआउने ढुंगेधाराले सहरको सौन्दर्य बिगारेको र ढुंगेधारा पुर्नजीवनका लागि ढिला गर्नु नहुने बताउनु भयो । ‘पानी झर्ने बनाउन दिगो समाधान खोज्नुपर्छ, त्यो भनेको राजकुलोलाई पुनर्जि्वित बनाउनु हो, त्यसतर्फ पनि काम थाल्नुपर्छ । ’
पानी ल्याउनका लागि राजकुलोलाई पुनर्जि्वित गर्नुपर्र्ने उनले बताउनु भयो । टिकाभैरवमा रहेको राजकुलो सुनाकोठी सम्म व्यवस्थित छ । उनले भने, ‘राजकुलोलाई ल्याउन सके ललितपुरका सबै ढुंगेधारामा पानी आउँछन् । ’ जोशीले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा महानगरभित्र रहेका ११ वटा ढुंगेधारमा पानी ल्याउन सकिन्छ । ती ढुंगेधारामा अहिले पानी आउँदैन ।
ढुंगेधारामा पानी ल्याउनका लागि अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै प्रयागलाल जोशीले मुहान संरक्षण गर्ने र वर्षातको पानी संकलन गरेर यी धारामा पानी ल्याउने विकप्ल अघि सार्नु भएको छ ।

वडा नं ६ स्थित सुन्धारा, १७स्थित सिन्चा हिटी र मनी मण्डप हिटी रहेका छन् ।
ढुंगेधारामा पानी ल्याउनका लागि तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै प्रयागलाल जोशीले ढुंगेधाराको मुहान मासिएको र संरक्षण नभएकाले पानी आउन छोडेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ मुहान संरक्षण गर्ने र वर्षातको पानी संकलन गरेर यी धारामा पानी ल्याउँछौ । ’ यी तीन वटा धाराको मुहान नाय्ख्यमा छ । नाय्ख्य ललितपुर महानगरको वडा नं १५ मा पर्छ । जोशीले ढुंगेधाराको सतह भन्दा पानीको मुहान माथि भए पानी सजिलै आउने बताए । मृततुल्य भएका ढुंगेधारामा पानी ल्याउनका लागि राजकुलोलाई पुनर्जि्वित गर्नुपर्र्ने उनले बताउनु भयो । टिकाभैरवमा रहेको राजकुलो सुनाकोठी सम्म व्यवस्थित छ । उनले भने, ‘राजकुलोलाई ल्याउन सके ललितपुरका सबै ढुंगेधारामा पानी आउँछन् । ’ जोशीले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा महानगरभित्र रहेका ११ वटा ढुंगेधारमा पानी ल्याउन सकिन्छ । ती ढुंगेधारामा अहिले पानी आउँदैन ।
महानगरका इन्जिनियर रुद्र गौतमले महानगरको योजनाले सहरलाई सजीव र सुन्दर बनाउने बताउनु भयो । उक्त योजनालाई सफल बनाउन स्थानीय बासिन्दालाई जिम्मेबार बनाउनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘ यसो गर्दा तत्काललाई मात्रै होइन, संरक्षणको लागि समेत सहयोग पुग्छ । ’
कार्यक्रममा वडा १५ का अध्यक्ष सुदर्शन मिश्रले ढुंगेधाराको संरक्षणमा गर्न कानुन निर्माण गर्नुपर्ने धारणा राख्नु भयो । उनका अनुसार कानुन भए त्यसकै आधारमा दण्डीत र पुरस्कृत गर्न सकिन्छ । वडानं १३ का अध्यक्ष गणेश केसीले ढुंगेधारा संरक्षणको लागि स्थानीयको सहयोग महत्वपूर्ण हुने तर्क गनर््ु भयो ।
अध्ययन प्रतिवेदन अनुसार ललितपुर महानगरभित्र ४७ वटा ढुंगेधारा छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ५ : २३ बजे