५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


थुनामुक्त गर्न सर्वोच्चको आदेश


४ मंसिर २०७६, बुधबार  

0
Shares

४ मंसिर ०७६, काठमाडौं । सर्वोच्च अदालतले नेपालको भूभाग कालापानी, लिपुलेक तथा लिम्पियाधुराको विषयमा नाराबाजी गर्ने क्रममा पक्राउ गरी थुनामा रहेका पाँच जनालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।
त्यस्तै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले आज टीकाप्रसाद कँडेल, विर्खबहादुर विक, टोपबहादुर श्रेष्ठ, धनबहादुर तामाङ र बिजबहादुर घिसिङलाई अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा तत्काल थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

त्यसैगरी आदेशमा भनिएको छ, “निजहरुले कुनै पनि अशान्ति मच्चाउने खालको फौजदारी कसुर गरेको देखिँदैन, गैरकानूनी तवरबाट प्रवृत्त धारणा राखी बन्दी बनाइएको देखिँदा तत्काल थुनामुक्त गर्नु ।” गैरकानूनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गर्दै टीकाप्रसाद कँडेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।