११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भत्काइयो प्रधानमन्त्री निवास


४ मंसिर २०७६, बुधबार  

0
Shares

 

वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास ।

४ मंसिर ०७६, काठमाडौं । वालुवाटारस्थित प्रधानमन्त्री निवासअन्तर्गत हाल प्रधानमन्त्री बस्दै आउनुभएको भवन नवनिर्माणका लागि आज साँझदेखि भत्काउन शुरु गरिएको छ । पञ्चायतकालमा निर्माण गरिएको सो भवन निकै पुरानो भएकाले नयाँ बनाउने क्रममा भत्काउन लागिएको हो । नयाँ घर नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रमनिवासभित्र दक्षिणतर्फ रहेको एक भवनमा अस्थायीरुपमा बस्नु हुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
सो भवन सहरी विकास तथा भवन निर्माण विभागले बनाउने भएको छ । कन्टेक प्रालिले सो भवन निर्माणको ठेक्का पाएको छ । गत भदौ १५ गतेदेखि शुरु भएको भवन निर्माणको कार्य २०७८ भदौ ११ गते निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । सो भवनको लागत रु ३३ करोड ८० लाख रहेको छ । आयोजनाको नाम प्रधानमन्त्री आवास भवन निर्माण रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ९ : १९ बजे