८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीप आवध टिम कर्नाटक फेरि पराजित


६ मंसिर २०७६, शुक्रबार  

0
Shares

६ मंसिर ०७६,काठमाडौं । यूएईमा जारी टी–१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आवध रहेको टिम कर्नाटका टुसकेर्स क्वालान्दर्ससँग ३२ रनले पराजित भएको छ।

शेख जायद स्टेडियममा क्वालान्दर्सले दिएको १ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।

त्यस्तैकर्नाटकाका लागि रायन टेन डेस्काटेले २५ रन जोड्दा जोनसन चार्ल्सले २४ रन बनाएभनेरोस ह्वाइटलीले १५ तथा सफिकउल्लाहले १२ रन बनाए । सन्दीप ५ रनमा आउट भएका हुन् ।

त्यसैगरी क्वालान्दर्सका जर्ज गार्टन र सुल्तान अहमेदले २÷२ विकेट लिएका थिए।यस अगाडी टस जितेर पहिले ब्याटिङ क्वालान्दर्सले १० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

कर्नाटकाका सन्दीप लामिछाने र अहमेद राजाले २÷२ विकेट लिए त्यस्तै सन्दीपले ३० रन खर्चिएर २ विकेट लिएका हुन् ।यो हारसँगै कर्नाटका सुपर लिगको पुछारमा रहेको छ । कर्नाटकाले ५ खेलमा ३ अंक जोडेको छ ।

जितपछि ५ खेलमा ५ अंक जोडेको क्वालान्दर्स चौंथो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : २१ बजे