१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजदेखि बैतडीको झुलाघाट नाका बन्द


६ मंसिर २०७६, शुक्रबार  

0
Shares

६ मंसिर ०७६,बैतडी ।भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

यही मङ्सिर ८ गते ९नोभेम्बर २५ तारिख०मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो ।

यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि असोज १८ गते तीन दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १० : २५ बजे