१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सत्ताइस लाख राजश्व सङ्कलन


६ मंसिर २०७६, शुक्रबार  

0
Shares

६ मंसिर ०७६ ललितपुर । उपत्यका पर्यटन कार्यालयले स्थापनाको दुई महिनामा रु २७ लाख राजस्व सङ्कलन गरेको छ । पर्यटन क्षेत्र सम्बन्धी एजेन्सीको दर्ता तथा पथप्रदर्शकको नवीकरण गरेबापत उक्त राजस्व सङ्कलन भएको हो ।

त्यस्तैसङ्कलन गरिएको राजस्व प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पठाइने कार्यालय प्रमुख नवीन गिरीले जानकारी दिनुभयो । “देशभरिको पर्यटन क्षेत्रको ८० देखि ९० प्रतिशत काम यहाँबाट भइरहेको छ”, उहाँले भन्नुभयो । उपत्यकास्थित सो कार्यालय सबैको केन्द्रबिन्दु भएको उहाँको भनाइ थियो । उक्त कार्यालय गत असोज १ गते ललितपुरको हात्तिवनमा स्थापना गरिएको हो । पर्यटन कार्यालयमा ट्रेकिङ गाइड दर्ता तथा नवीकरण, ट्रेकिङ एजेन्सी दर्ता तथा नवीकरण, टुर गाइड दर्ता तथा नवीकरण, होमस्टे ९घरबास० दर्ता, होटलका बस दर्तालगायत काम हुने गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ८ : १० बजे