२८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुई पुरुष मृत फेला



सुनसरी। दुहबी नगरपालिका–४ शिव मन्दिर चोकस्थित निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र बुधबार दुई पुरुष मृत फेला परेका छन्।

पुलिसका अनुसार मृतकहरू ५० वर्षीय श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई हुन्। तामाङ घर निर्माणका पेटी ठेकेदार र राई कामदार रहेको प्रहरीले जनाएको छ।

घटना चन्द्रिका रौनियारको नयाँ घरमा भएको हो। घटनाको थप अनुसन्धानका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक डाक्टर बोलाइएको छ।

प्रहरी घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ४ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।