१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ भव्य ः पर्यटनमन्त्री भट्टराई


६ मंसिर २०७६, शुक्रबार  

0
Shares


‘निजगढ विमानस्थलको लागि तत्काल चार किल्ला छुट्याउँछौं’
६ मंसिर ०७६, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० भव्य रुपमा सफल हुने विश्वास दिलाउनु भएको छ । सोही अनुसार आफूहरुले तयारी गरेका पनि उहाँले स्पष्ट पार्नु भएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पर्यटनमन्त्री भट्टराईले सरकारले भ्रमण वर्ष सफल बनाउन ेगरि कार्यक्रम सञ्चालन गरिरहेको सुनाउनु भयो । उहाँले विगतमा ५÷६ महिना मन्त्रालय राजनीतिक नेतृत्वविहीन भएकोले भ्रमण वर्षको तयारीमा केही ढिलाई भए पनि अहिले काम द्रुत गतिमा अघि बढिरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्न्ुभयो,‘म आएपछि भ्रमण वर्ष सफल तुल्याउनको लगातार छलफल गरेको छु, यससँग सरोकारवालाहरुसँग पनि धेरै पटक छलफल तथा अन्तरक्रिया गरेको छु ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षको लागि आवश्यक बजेटको पनि प्रवन्ध गरिएको स्पष्ट पार्नुभयो । अघिल्लो आर्थिक वर्षमा भ्रमण वर्षको लागि दश करोड बजेट मात्रै छुट्याईएको तर यो वर्ष १५ करोड बजेट छुट्याईएको उहाँको भनाई थियो । उहाँको अन्ुसार भ्रमण वर्षको लागि २५ करोड बजेट भनेको न्यून हो, अहिले ६५ करोडको बजेट पास भएको छ ।
पर्यटन मन्त्री भट्टराईले पर्यटन वर्षको प्रचारको लागि पनि सरकारले विशेष ध्यान दिएको सुनाउनु भयो । सन् २०२० को जनवरी १ तारिखमा भ्रमण वर्षको भव्य शुभारम्भ हुने उहाँको भनाई छ ।
उहाँले भन्नुभयोे,‘यो कार्यक्रम देशभरि नै एकसाथ सुरु हुनेछ । काठमाडौंमा हामीले केही दिनभित्रै ठाउँ घोषणा गर्छौं । दशरथ रंगशाला, सैनिक मञ्चलगायत कहाँ हुन्छ, हामी तोक्छौं ।’ भ्रमण वर्षको शुभारम्भमा पचासौं हजार जनसहभागिता रहनेपनि उहाँले विश्वास दिलाउनु भयो ।
उहाँले भ्रमण वर्षलाई लक्षित गरेर आफूले ४० भन्दा बढि देशका पर्यटनमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिईसकेको पनि जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १० : १३ बजे