१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल व्यवस्थापन गर्नै कठिन


७ मंसिर २०७६, शनिबार  

0
Shares

७ मंसिर ०७६, बनेपा । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलगायत विभिन्न इलाका प्रहरी र चौकीमा थन्किएका मोटरसाइकल व्यवस्थापन गर्नै कठिन भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जाँच गर्दा नवीकरण फेल भएका, वेवारिसे अवस्थामा फेला परेको र सवारी दुर्घटनाको क्रममा कानूनी कारवाहीका लागि कार्यालयमा ल्याउने क्रममा मोटरसाइकलको आधिकारिता खोजिने बताउनुभयो । तर, त्यो प्राप्त नभएसम्म प्रहरी कार्यालयमा नै राखिने गरेको कारण मोटरसाइकल थुप्रिएको हो ।

मोटरसाइकल जिल्ला प्रहरी कार्यालय परिसरमा ५१ वटा रहेको छ । अन्य इलाका प्रहरी र चौकीमा २०÷२५ मोटरसाइकल छ । थन्क्याइएको मोटरसाइकल व्यवस्थित गर्न झन्झटिलो भएकोले त्यतिकै राखिएको छ । त्यस्ता मोटरसाइकल बुझाउने भन्सारमा भएपनि प्रक्रिया झन्झटिलो भएकाले थुपारेर राखिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी “मुद्दा चलेकाको हकमा अदालतको आदेशपछि सम्बन्धित धनीले पाउने हो, केही सवारीसाधनको अन्तिम टुङ्गो लाग्न बाँकी रहेकाले थन्किएका छन्”, उहाँले भन्नुभयो, “चोरीका मोटरसाइकल धनी नआएकाले थन्किरहेका छन् ।

त्यस्तै ” जिल्ला प्रहरी कार्यालय धुलिखेलमा अभिलेखमा नदेखिएको २०, बेवारिसे १८, सवारी दुर्घटनको नौ, पाँच वर्ष अवधि नवीकरण फेल भएका तीन र शङ्कास्पद एक गरी ५१ मोटरसाइकल थुपारेर राखिएको  प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले  जानकारी दिनुभयाे।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ८ : ३३ बजे