७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


७ मंसिर २०७६, शनिबार  

0
Shares


७ मंसिर ०७६, ललितपुर । ललितपुरमा आज शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–११ युएनपार्कस्थित सडकमा बा९१प १३०१ र बा७७प ६७९३ नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा उक्त घटना भएको हो ।

त्यस्तै दुर्घटनामा बा७७प ६७९३ नंको मोटरसाइकल चालक काठमाडौँको चाबहिलका २२ वर्षीय सत्यम भट्टराई मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी बा९१प १३०१ नंको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ६ : २९ बजे