८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


साग खेल्ने बंगलादेशी भलिबल टोली आज काठमाडौं आउँदै


९ मंसिर २०७६, सोमबार  

0
Shares

९ मंसिर ०७६, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० खेल्ने बंगलादेशी भलिबल टोली आज सोमबार काठमाडौं आउने भएको छ ।

बुधबारदेखि त्रिपुरेश्वरस्थित कभर्डहलमा शुरु हुने साग अन्तरगतको पुरुष तथा महिला भलिबल खेल्ने बंगलादेशी टोली आज सोमबार बिहान ११ बजेर ४५ मा काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।

त्यस्तै सागको अतिथि सत्कार कमिटिकी संयोजक अनन्ता देवी खनालका अनुसार बंगलादेशको टोली सोमबार आउने टुङ्गो लागेको हो । बंगलादेशबाट ३० सदस्यीय टोली काठमाडौं आउन लागेको संयोजक खनालले बताएका छन्।

अन्य ४ टोली कहिले आउने भन्ने एकिन नभएको खनालले बताइन् । साग अगाडि हुने खेलमध्ये भलिबल बुधबारदेखि शुरु हुनेछ ।

६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल पुरुष र महिला भलिबलमा समूह ए मा रहेको छ । पुरुष र महिला भलिबलमा नेपालको समूहमा भारत र बंगलादेश रहेका छन् ।

त्यस्तै आयोजक नेपालले यसअगाडी नै पुरुष र महिला भलिबल टोलीको घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ५ : ५० बजे