१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सीमा बचाऊ अभियानद्वारा नेपालको नयाँ नक्शा सार्वजनिक


९ मंसिर २०७६, सोमबार  

0
Shares


८ मंसिर ०७६,काठमाडौ । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्शा तयार गरी सार्वजनिक गरेको हो ।
नक्शा तयार गरेको विधिबारे जानकारी दिदै अभियानकाप्रा. डा. नरेन्द्र राज खनालले विज्ञका हिसाबले नदीको रखांकन गरिएको बताउनु भयो । उहाँले भन्नु भयो, डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं । यही विधिबाट रेखांक नगरिएको जानकारी समेत दिए । नक्शा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको बताउनु भयो ।
सीमा बचाऊ अभियानको नक्शा समितिका विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमामा नेर नक्शा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिनु भयो । उनले नक्शा तयार पारिएको विधि समेत उल्लेख गर्नुभयो ।


नागरिक अगुवातथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्शाबारे घर घरमा चर्चा हुनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलि कति पनि नछोड्ने मूल सिद्धान्त हो । सार्वजनिक गरिएको नक्शा सुगौली सन्धी अनुसारको भएको बताउनु भयो । भारत तर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उहाँको भनाई थियो ।
नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्शा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए । उनले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाउनु भयो । उहाँले भन्नु भयो, हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरुै धन्यवाद छ ।
पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गर्नुपर्ने माग गरिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो,भारतको नयाँनक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक छ ।
पूर्वसचिव तथा अभियानकर्ता डा. द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्शा नेपाल सरकारसम्म पुर्याउने जानकारी दिनु भयो । नक्शा तयार भएकाले सबै क्षेत्रमा पुर्याउनु पर्नेमा जोड दिनु भयो । संयुक्त राष्ट्रसंघसम्म नक्शा पुर्याउनेबारे विचार गरिएको उहाँको भनाई थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ९ : ०१ बजे