११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वडाध्यक्षको गाडीमा बम विष्फोट


९ मंसिर २०७६, सोमबार  

0
Shares

वडाध्यक्षको गाडीमा बम विष्फोटपछिको दृश्य ।

राष्ट्रिय समाचार समिती
०९ मंसिर ०७६, पोखरा । अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ ।
वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः०० बजे बम विष्फोट भएको घटनास्थलमा पुग्नु भएका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो । विष्फोटनबाट नजिकैको घरमा समेत प्वाल परेको छ । सो घरमा ११ जना सुतिरहेको नेपबहादुर परियारले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ९ : २८ बजे