१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दलित पत्रकारको प्रदेश समितीमा मिजार


९ मंसिर २०७६, सोमबार  

0
Shares

नवनिर्वाचित कमीटीका पदाधिकारीहरु ।

९ मंसिर ०७६, काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश ३ भेला सम्पन्न भएको छ । भेलाले १७ सदस्यीय प्रदेश समिति र १५ सदस्यीय काठमाडौँ उपत्यका कमिटि गठन गरेको छ । गोरखापत्रका सिन्धुपाल्चोक संवाददाता चित्र मिजारको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा कमल बिश्वकर्मा मकवानपुर, सचिवमा वसन्त परियार धादिङ्ग, सहसचिव सरोज उपरकोटी चितवन, कोषाध्यक्षमा शर्मिला बिश्वकर्मा काठमाडौँ चयन हुनुभएको छ ।
त्यसस्तै सदस्यहरुमा भोजराज बिश्वकर्मा, सिताराम बयलकोटी, बिश्वास नेपाली, रामचन्द्र रम्तेल, गम्भिर बिक, संगम दर्जी, सुशिला बिक, अशोक परियार, सन्दीप सुन्दास, निर्मला नेपाली र श्याम रोक्का चयन हुनुभएको छ ।
संघको काठमाडौँ उपत्यका कमिटिमा राष्टिय समाचार समितिका पत्रकार सुशील दर्नालको अध्यक्षतामा १७ सदस्यीय समिटि चयन गरेको छ । उपाध्यक्षमा गणेश बि.क, सचिव सन्दिप बिश्वकर्मा, सहसचिव निरोज तालागङी, कोषाध्यक्ष सुशीला बिश्पकर्मा, सदस्य पवन वराइली, देवेन्द्र रसाइली, शोभा नेपाली, विरेन्द्र जैरु, अर्जुनसिंह भुल, मुकेश रोक्का, अलिन सुनाम परियार चयन हुनुभएको छ ।
भेलाको उद्घाटन प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिमराम जम्मकट्टेलले गर्नुभएको थियो । सो अवसरमा मन्त्री जम्कटेलले दलित समुदाय बारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले भन्नुभयो “लामो सङघर्षबाट प्राप्त समानुपातिक, समावेशीताको विकल्प छैन सम्वृद्ध नेपाल निर्माणका लागि दलित समुदायले लामो समयदेखि भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्यालाई आर्थिक र राजनीतिक सहभागितासँग जोडेर एकीकृत रुपमा समाधान खोजिनुपर्छ ।”
राष्ट्रिय दलिल पत्रकार सङ्घ, नेपालका अध्यक्ष तथा संविधान सभाका सभासद् विनोद पहाडीले “दलित पत्रकारमाथि अन्याय हुँदा उसैलाई मात्रै दुखेको हुन्छ, आफनो आवाज आफँैले उठाउनुपर्छ, त्यसैले पनि सङ्घको आवश्यकता महसुस गरी स्थापना गरिएको हो तर यसले सबै संघसंस्थासँग एकाकार भएर काम गर्ने छ” भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले दलित पत्रकार सङ्घले दलित समुदायका पत्रकारको क्षमता विकाससँगै सञ्चार सम्वन्धी ऐन, कानून र नीतिलाई समावेशी बनाउनका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ, ८ मंसीर । प्रदेश नम्वर ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिमराम जम्मकट्टेलले दलित समुदाय बारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय दलिल पत्रकार सङ्घ, नेपाल प्रदेश नम्वर ३ को प्रथम भेलाको यहाँ आज उद्घाटन गर्दै मन्त्री जम्मकट्टेलले लामो सङघर्षबाट प्राप्त समानुपातिक, समोवशीताको विकल्प नभएको भन्दै त्यसको रक्षाका लागि सबैलाई आग्रह गर्नुभयो । सङ्घ देशभर क्रियाशील करीब एक हजार २०० दलित समुदायका पत्रकारको छाता सङ्गठन हो ।
उहाँले भन्नुभयो,“सम्वृद्ध नेपाल निर्माणका लागि दलित समुदायले लामो समयदेखि भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्यालाई आर्थिक र राजनीतिक सहभागितासँग जोडेर एकीकृत रुपमा समाधान खोजिनुपर्छ ।” मन्त्री जम्मकट्टेलले दलित समुदायको पत्रकारका लागि प्रदेश सरकार र व्यक्तिगत रुपमा सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नुभयो । प्रदेश नम्वर ३ का सांसद कल्पना नेपालीले मूलधारका मिमियाले वास्तविक आवाज विहिनको आवाजलाई समेट्न नसकेको भन्दै गुनासो गर्नुभयो ।
राष्ट्रिय दलिल पत्रकार सङ्घ, नेपालका अध्यक्ष तथा संविधान सभाका सभासद् विनोद पहाडीले अधिकांश दलित समुदाय अभफैपनि सूचनाको हकबाट बन्चित हुनु परेको सन्दर्भमा सङ्घको स्थापना गर्नु परेको प्रस्ट पार्नुभयो । “दलित पत्रकारमाथि अन्याय हुँदा उसैलाई मात्रै दुखेको हुन्छ, आफनो आवाज आफँैले उठाउनुपर्छ, त्यसैले पनि सङ्घको आवश्यकता महसुस गरी स्थापना गरिएको हो तर यसले सबै संघसंस्थासँग एकाकार भएर काम गर्ने छ”, उहाँले भन्नुभयो । उहाँले सङ्घले दलित समुदायका पत्रकारका लागि जीवन बीमा र कल्याणकारी कोषको समेत स्थापना गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले महासङ् हरेक हिसावले समावेशी भएपनि लक्षित समुदायले लाभ लिन नसक्नु मुख्य विषय भएको बताउनुभयो । उहाँले महासङ्घ दलित समुदायका पत्रकारसँग सहकार्य गरेर अगाडि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । महासचिव विष्टले दलित पत्रकार सङ्घले दलित समुदायका पत्रकारको क्षमता विकाससँगै सञ्चार सम्वन्धी ऐन, कानून र नीतिलाई समावेशी बनाउनका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
दलित नेता तथा अधिकारकर्मीहरु गाणेश विक, मोतीलाल नेपाली, भक्त विश्वकर्मा, जेवी विश्वकर्मा, राष्ट्रिय दलिल पत्रकार सङ्घ, नेपालका उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य गोपाल बराइइली, नेवा पत्रकार राष्टिय दबूका अध्यक्ष सुरज वीर ब्रर्जाचार्य, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, प्रगतीशिल पत्रकार संघ नेपालका अध्यक्ष नाराणया शर्मा, प्रदेश नम्वर ३ का प्रेस रजिस्टार रेवती सापकोटा र सङ्घका प्रदेश नम्वर ३ का इन्चार्ज भीम घिमिरेलगायतले सञ्चार माध्यममा विषयवस्तु र सहभागिताको हिसावले समावेशी हुनुपर्नेमा जोड दिनुभयो ।
दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि विसं २०६७ मा स्थापना भएको सङ्घले दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने तीन दलित नेताको नाममा पत्रकारिता पुरस्कारसमेत स्थापना गरेको छ । सङ्को हालै सम्पन्न बैठकले लामो समय आन्दोलनमा सक्रिय नेता एवं लेखक÷पत्रकार टिआर विश्वकर्माको सम्मानमा टिआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।
सङ्घले राणाशासनका विरुद्ध आन्दोलन चलिरहँदा कुचिकारको काम गर्दै कारागारबाट गणेशमान सिंहलगायतका नेताको चिठी आदानप्रदान गर्ने राममाया च्यामेको सम्मानमा ‘राममाया च्यामे लोकपत्रकारिता पुरस्कार’समेत स्थापना गरेको अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।
त्यसैगरी सङ्घले ‘देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार’ समेत स्थापना गरेको छ । दलित अधिकारकारकर्मी डा. बिष्णुमाया परियारले आफ्ना पिता रुपबहादुर परियारको नाममा २० हजार रुपियाँ राशीको पुरस्कार घोषणा गर्नुभएको छ । त्यसैगरी जातिभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तीर्थ बर्माले पनि १० हजार रुपियाँ राशीको पुरस्कारको घोषणा गर्नुभएको छ । भेलाले प्रदेश नम्वर ३ को अध्यक्ष र उपत्यका संयोजकको टुङ्गो लगाउने छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ९ : ४९ बजे